• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

प्रचण्डले चीनमा आजदेखि भेटवार्ता सुरु गर्दै

भाद्र ३१ ।

चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा चीन जानु भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँ हिजो साँझ चीन जानु भएको हो ।  

 

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार मुख्य एजेण्डा रहेको प्रचण्डले बताउनु भएको छ । विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत छलफल हुने बताइएको छ । चीन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग छलफल गर्नुहुनेछ । 

 

केही दिन पहिले भारत भ्रमणमा जानुभएका अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेट गरी नेपाल–भारत सम्बन्धका विविध पाटाका बारेमा छलफल गर्नु भएको थियो । प्रचण्ड असोज तीन गते फर्किने कार्यक्रम छ ।