• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

मौलिक हक कार्यान्वयन सम्बन्धि विधेयक छोटो बाटोबाट पारित गरिदै

भाद्र ३१ ।

मौलिक हक कार्यान्वयन गर्न बनाउनु पर्ने सबै विधेयक छोटो बाटोबाट पारित गरिने भएको छ । नियम निलम्बन गरेर भएपनि दुईदिनभित्र विधेयक पारित गर्नेगरि प्रक्रिया अघि बढेको हो । 

 

भोलिसम्म संघीय संसदले मौलिक हक सम्बन्धि विधेयक पारित गर्नेछ । असोज २ सम्म १५ वटा विधेयक पारित गर्नु पर्ने सरकारलाई बाध्यता छ  । प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित गर्न समय लाग्ने भएपछि संसोधन राख्ने समय ७२ घण्टाबाट घटाएर १२ घण्टा कायम गर्न नियम निलम्बन गरिएको छ ।  

 

सरकारले प्रतिनिधि सभामा ११ र राष्ट्रिय सभामा४ वटा विधेयक दर्ता गरेको थियो । राष्ट्रिय सभामा दर्ता भएको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक र वातावरण संरक्षण पहिलो संशोधन विधेयक दुबै सदनबाट पारित भइसकेको छ ।

 

त्यस्तै शुक्रबारको बैठकले वैयक्तिक गोपनीयता, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक, सामाजिक सुरक्षा सम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) पहिलो संशोधन विधेयक पारित भएको हो । 

 

यी विधेयक आज राष्ट्रिय सभामा टेबल हुँदैछ। भोलिसम्म १५ वटै विधेयक पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयलमा पठाइसक्ने योजना रहेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ ।