• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

राप्ती साहित्य परिषद् रुकुमको पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न

image not found

सानीभेरी समाचार डेस्क भाद्र ३१ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले ३ महिनाको अन्तिम शनिबार संचालन गर्दै आइरहेको पुस्तक परिचर्चा कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न भएको छ । साहित्यकार गिरीप्रसाद बुढाको दुई खण्डकाव्य आस्थाका फूल र बिग्रेको हर्केको परिचर्चा कार्यक्रम शनिबार मुसिकोट खलंगामा सम्पन्न भएको हो ।

 

त्रिभुवन जनता माध्यमिक बिधालयमा भएको कार्यक्रममा राप्ती साहित्य परिषद रुकुमका अध्यक्ष मनलाल ओलीको अध्यक्षता रहेको थियो । परिषद् जिल्ला शाखा रुकुमका सल्लाहकार प्रमोद कुमार शर्माको स्वागत मन्तब्य एंव स्रष्टा परिचय रहेको कार्यक्रममा पुस्तक परिचर्चा साहित्यकार कमप्रसाद देवकोटा र मुकुन्दप्रसाद शर्माले गर्नुभएको थियो ।

 

त्यस्तै हरिबिष्णु ओलीले लेखकलाई सल्लाह सुझाव दिनु भएको  थियो । कार्यक्रममा परिषदका सल्लाहकार मुकुन्दप्रसाद शर्मा, प्रमोद कुमार शर्मा, मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुमका प्राध्यापक हरिबिष्णु ओली, साहित्यकार ओमबहादुर खत्री, लाल बहादुर, केसी एक्कबहादुर केसी लगायतको आथिथ्यता रहेकोे थियो ।

 

पुस्तक परिचर्चा कार्यक्रमको संचालन परिषदकी रुकुम शाखा उपाध्यक्ष सिर्जना शर्माले गर्नुभएको थियो ।