• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी

सानीभेरी समाचार डेस्क

भाद्र, २९ ।

 

अमेरिकी अधिकारीहरुले अमेरिकाको पूर्वी तटको नजिकहुँदै आइरहेको समुन्द्री आँधी फ्लोरेन्सका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

 

फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीका वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका तटिय इलाकामा बाढी आउन सक्ने बताएका छन् ।

 

फ्लोरेन्स आँधीको रफ्तार १६५ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । हावाको गतिका कारण खतरा उत्पन्न भएको अधिकारीहरुले बताएका छन् ।

 

भर्जिनीया र केरोलिना राज्यमा केही फिटसम्म पानी जम्न सक्ने खतरा रहेको छ । आँधीको रफ्तार केही कम भए पनि त्यसको कारणले हुन सक्ने बर्षामा भने कुनै कमि नहुने अधिकारीहरुको भनाइ छ ।

 

मौसम वैज्ञानिकहरुले फ्लोरेन्सको बास्तविक असर स्थानीय समयअनुसार शुक्रबारको साँझ देखिने छ ।

 

क्षतिको आशंकामा उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जि्नियाको तटीय इलाकाका झण्ठै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

 

जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ ।।