• अहिले तरंगमाविज्ञापन र सन्देश
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

संसदमा एक दर्जन भन्दा बढी विधेयक पेश हुँदै

सानीभेरी समाचार डेस्क

भाद्र, २९ ।

 

व्यवस्थापिका संसदमा आज एक दर्जन भन्दा बढी विधेयक माथि छलफल हुँदैछ । ६ जना विभागीय मन्त्रीले १४ मौलिक हकसम्बन्धी विधेयक पारित र छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ । ७ वटा विधेयक आज एकै दिन पारित गर्ने कार्यसूची रहेको छ । 

 

हिजो संसदमा समिति मार्फत पुगेका विधेयकलाई आज मन्त्रीहरुले पारितका लागि पेश गर्नेछन् । संसदको बैठक बिहान ११ बजे बोलाइएको छ । 

 

उपभोक्ता संरक्षण विधेयक, रोजगारीको हकसम्बन्धी विधेयक, खाद्य अधिकारसम्बन्धी विधेयक, वैयक्तिक गोपनियतासम्बन्धी विधेयकबारे समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । 

 

त्यस्तै आवासको अधिकारसम्बन्धी विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पारितका लागि सम्बन्धित मन्त्रीले पेस गर्नेछन् । 

 

जनस्वास्थ्य विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयकको प्रतिवेदन पनि आजै सदनमा पेस हुनेछ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, उद्याृग बार्णिजय तथा आपूर्ती मन्त्री मातृका यादव, कृषि तथा पुशपंक्षी विकास मन्त्री चक्रपाणी खनाल, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र भूमि सुधार, सहकारी तथा गरिबी निवारबण मन्त्री पद्माकुमारी अर्यालय विेधयक पेश गर्ने कार्यसूची रहेको छ ।।