• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

एक महिनौ पाँच पुरुषले दिए सम्बन्ध विच्छेदको मुद्धा

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २९ ।

 

भाद्र एक गतेबाट नयाँ ऐन लागु भएपछि रुकुम(पश्चिम)मा एक महिनामा पाँच पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्धा दिएका छन् । श्रीमतिबाट पिडत भएको भन्दै एक महिनामा जिल्लाका पाँच पुरुषले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दिएका हुन् । 

 

नयाँ ऐनले पुरुषले पनि सोझै जिल्ला अदालतमा मुद्धा दिन सक्ने व्यवस्था गरेको छ । नयाँ ऐन लागु हुनुपूर्व पुरुषले सिधै अदालतमा मुद्धा दिन सक्ने व्यवस्था थिएन । 

 

नयाँ ऐन कार्यान्वयनमा आएपछि जिल्लाका पाँच जना पुरुषले सम्बन्ध बिच्छेको मुद्धा दिएको जिल्ला अदालतका श्रेस्तेदार तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार जिल्लाका चार स्थानीय तहका पाँच पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दिएका हुन् । मुसीकोट नगरपालिकाका दुई तथा बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकाका एक÷एक जना पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दिएको उनले बताए । 

 

भाद्र ६, ७, ११, १४ र १९ मा यी मुद्धा दर्ता भएका हुन् । नयाँ ऐन लागु भएपछि एक महिनामै पाँच जना पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दिनुलाई पुरुष पनि महिलाबाट पिडित छन् भन्ने बुझ्न सकिने श्रेष्तेदार पौडलेको भनाई छ ।  

 

मुद्धा दिने पुरुषले आफु विदेशमा रहेका बेला सम्पतिको दुरुपयोग गरेको तथा परपुरुष संग सम्बन्ध राखेको आरोप सहित मुद्धा दिएको बताईएको छ । एक महिनाको अवधिमा सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता गर्ने महिला र पुरुषको संख्या भने बराबर रहेको छ । 

 

यसैविच पुरुषले दिएका सम्बन्ध विच्छेदका मुद्धामा फैसला हुन कम्तिमा एक वर्ष लाग्ने श्रेष्तेदार पौडेलको भनाई छ । मुद्धा दर्ता भएसंगै प्रतिवादीका नाममा ३० दिने म्याद जारी गरिएको र म्याद तामेलि पछि महिलाले दिने बयानका आधारमा मुद्धा फैसलाको प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो । 

 

महिलाले म छुट्टिन चाहन्छु भनिन भने त्यतिनै बेला सम्बन्ध विच्छेद हुने र महिलाले म छुट्टिन चाहन्न भनेपछि कम्तिमा पनि एक वर्षसम्म मुद्धा चल्ने व्यवस्था रहेको पौडेलको भनाई छ ।।