• अहिले तरंगमासाथि सँग मनका कुरा
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

आठबिसकोटका बाढि पहिरो पिडितलाई राहत बितरण

image not found

परिचन्द्र खत्री, आठबीसकोट 

भाद्र, २९ ।

 

रुकुम(पश्चिम) आठबीसकोट नगरपालिकाका बाढि, पहिरो पिडितलाई कर्णाली प्रदेश सरकारले राहत बितरण गरेकोे छ । आज नगरपालिकामा एक कार्यक्रमका बिच कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले राहत बितरण गर्नु भएको हो ।

 

श्रावण चार गते देखी भाद्र २८ गते सम्म भएको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले नगरपालिकाका बिभिन्न ठाउँमा चार करोड बराबरको क्षेति गरेको थियो । बाढि तथा पहिरोबाट पूर्ण रुपमा विस्थापित ३१ घर परिवारलाई राहत बितरण गरिएको हो । नगरपालिकाका वडा नम्वर ४, ९, ११ र १४ का पिडितलाई राहत बितरण गरिएको छ । 

 

कर्णाली प्रदेश सरकारले प्रति घर परिवार २० हजारका दरले ६ लाख २० हजार राहात वितरण गरेको आठबीसकोट नगरपालिकाले जनाएको छ । राहत बितरण कार्यक्रममा बोल्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले एकीकृत नमुना बस्ति विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

 

विकास निर्माणका काम प्रभावकारी ढङगले नगर्दा र मापदण्ड नपु¥याउदा नै विपत्ति आईलागेको भन्दै विकास निर्माणलाई प्रभावकारी बनाउँने र एकीकृत वस्ती विकासका लागि पहल गर्ने उहाँको प्रतिबद्धता छ । साथै बाढि तथा पहिरोको जोखिममा रहेका बस्तिलाई उपयुक्त ठाउँको छनोट गरि स्थानान्तरण गर्नु पर्ने उहाँले सुझाव दिनुभयो ।

 

आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री केसीको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य रातो कामि, देवि ओली, नेकपाका केन्द्रिय सदस्य बसन्त शर्मा लगाएको पनि उपस्थिति रहेको थियो । 

 

नगरपालिकाकी उपप्रमुख गिता नेपालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कपिलदेब शर्मा गर्नुभएको थियो । यसैबिच मन्त्री केसीले वाढि पहिरो प्रभाबित ठाउँको स्थलगत अनुगमण पनि गर्नुभएको छ । सबै भन्दा वढि क्षेती भएको वडा नम्वर ११ धुर्सेनीमा पुगेर मन्त्री केसीले क्षेतिको अनुगमण गर्नुभएको थियो । 

 

अनुगमनको क्रममा मन्त्री केसीले प्रदेश सरकारले केहि राहत बितरण गरेको र अव पुनस्र्थापना र पुनर्निर्माणका लागि संघिय सरकार समक्ष पहल गर्ने पनि आश्वासन दिनुभएको छ ।।