• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

बामदेवलाई रुकुम(पूर्व)बाट उठाउँने चर्चा निराधारः सांसद रोका

image not found

मदन बिसी, रुकुमकोट 

भाद्र, २९ ।

 

रुकुम(पूर्व)बाट प्रतिनिधि सभा सदस्य कमला रोकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेब गौतमलाई रुकुम(पुर्ब)वाट चुनाव लडाएर सांसद बनाउँने कुरा निराधार भएको बताउँनुभएको छ । रुकुम(पूर्व)को रुकुमकोटमा बिहिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी रोकाले यो हल्ला मात्र भएको र यसका पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभयो । 

 

बिहिबार रुकुमकोटमा आफैद्धारा आयोजित बिकास निर्माण तथा जनसरोकारका सवालहरु विषयक जनतासंगको अन्तरक्रिया कार्यक्रममा उहाँले निराधार कुरालाई आधार बनाएर वातावारणलाई अतिरञ्जित नबनाउँन उहाँको आग्रह छ । 

 

अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले रुकुम (पुर्ब) छुट्टै जिल्ला भई सकेको अबस्थामा पनि अझै घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय, सहकारी डिभिजनको कार्यालय, जिल्ला खानेपानी कार्यालय, नेपाल दुरसञ्चार कार्यालय, खाद्य संस्थान, जिल्ला हुलाक कार्यालय, आँखा अस्पताल र जिल्ला वन कार्यालय स्थापना नभएकाले सास्ती भोग्नु परेको बताएका थिए । 

 

त्यस्तै जिल्लाको सामुदायिक शिक्षालाई सुधार्नु पर्ने, जिल्लाका विभिन्न ठाउँहरुमा निर्माणाधिण बिकास निर्माणका योजनाहरुको अनुगमण गरिनु पर्ने, सञ्चार सेवालाई ब्यबस्थित गर्नुपर्ने र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्ने समेत माग गरिएको छ । 

 

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै सांसद रोकाले स्थापना हुन बाँकी कार्यालय स्थापनाको लागि पहल भैरहेको जानकारी गराउँनुभयो । ‘तपाईहरुले माग गरेका केही कार्यालय त अव नरहने नै भनिएको छ उहाँले भन्नुभयो–तर जिल्लामा रहने तर हाल सम्म स्थापना हुन नसकेका कार्यालयका लागि पहल भैरहेको छ ।’ 

 

त्यस्तै सांसद रोकाले रुकुम(पुर्ब)का ३ स्थानिय तहको समग्र बिकासका लागि आफुले सदनमा पनि कुरा उठाएको र सदरमुकामको विबाद पनि छिट्टै टुंगो लाग्ने विश्वास व्यक्त गर्नुभयो । 

सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोबर्धन बुढाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख भिमकुमारी पुन, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, कार्यक्रमका संयोजक बिस्नुजङ शाह लगायतको उपस्थिति रहेको थियो । 

 

कार्यक्रमको संचालन स्थानीय भरत मल्लले गर्नुृभएको थियो ।