• अहिले तरंगमाविज्ञापन र सन्देश
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

डुंगा दुर्घटना हुँदा एक सय बढीको मृत्यु

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २७ ।

 

लिबियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु भएको छ । इटली जाँदै गरेका उनीहरु भूमध्य सागरको बीचमा पुगेपछि रबरको डुंगामा हाम फालेका थिए । अवैधानिक रुपमा इटली प्रवेश गर्न रबरको डुंगामा चढेर जाँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् ।

 

आप्रवासीहरुलाई इटली प्रवेशमा रोक लगाइपछि उनीहरु अवैधानिक रुपमा प्रवेश गर्न खोज्दै थिए । यही सेप्टेम्बर १ मा दुईवटा रबरको डुंगामा उनीहरु बाहिर निस्किएका थिए । तीमध्ये एउटा डुंगा डुबेको हो । दुर्घटनाबाट बचेका २७६ जनालाई लिबियाई शहर खोम्स लगिएको छ । 

 

तर कतिपयले भने यी मानिसहरुलाई मनोमानी ढंगले हिरासतमा लिइएको जनाएका छन् । अन्तराष्ट्रिय प्रवासी संगठनका अनुसार यस वर्ष भूमध्य सागर पार गर्न खोज्न १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।।