• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुम(पश्चिम) र (पूर्व)का सामुदायिक विद्यालयहरु आज पनि बन्द

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २७ ।

 

रुकुम(पश्चिम) र (पूर्व)का राहात शिक्षकहरुले दुवै जिल्लाका सामुदायिक बिद्यालयहरु बन्द गराएका छन् । यसअघि सरकार समक्ष बारम्बार राखेका माग पुरा नभएको भन्दै केन्द्रीय कार्यक्रम अनुसार राहात शिक्षकहरुले जिल्लाका सामुदायिक बिद्यालय बन्द गराएका हुन् । 

 

हिजोबाट बन्द रहेको बिद्यालय आज पनि बन्द रहने राहात शिक्षकहरुका दुवै जिल्ला समितिले जनाएका छन् । हिजो बिद्यालय बन्द गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं दुवै जिल्ला समितिले आज पनि बिद्यालय बन्द गरी सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । 

 

राहात शिक्षकहरुले देशभरका सामुदायिक बिद्यालयमा राहत कोटामा कार्यरत शिक्षकहरुलाई स्थायी गर्नका लागी संघिय ऐनमै नितिगत व्यवस्था गर्नुपर्ने, स्थायी प्रकृया थाल्नु अघि हालको शिक्षा ऐनले गरेका व्यवस्थाहरुको स्वामित्व निर्माणाधिन ऐनले ग्रहण गर्नुपर्ने, शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परिक्षामा राहतमा कार्यरत शिक्षकको उमेर हदबन्दी हटाइनुपर्ने र राज्यबाट शिक्षक बिचमा गरिदै आएको बिभेद अन्त्य गर्न नितिगत व्यवस्था गर्नुपर्ने लगाएत माग राख्दै आएका छन् ।

 

यी माग कार्यान्वयनको माग गर्दै तीन दिनका लागि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरिएको छ ।।