• अहिले तरंगमासाथि सँग मनका कुरा
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

विश्व विजेता फ्रान्सको विजयी सुरुवात

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २५ । 

 

यूईएफए नेशन्स कपमा विश्व विजेता फ्रान्सले विजयी सुरुवात गरेको छ । नेदरल्याण्ड्सविरुद्ध २–१ को जित निकालेको हो । फ्रान्सको जितमा युवा स्टार किलियन एमबाप्पे र ओलिभिएर जिरुडले एक एक गोल गरे ।

 

नेदरल्याण्डका लागि  रायन बाबेलले गोल गरे पनि हार टार्न पर्याप्त भएन् । १४औं मिनेटको युवा स्टार किलियन एम्बाप्पेले ब्लेस माटुइडीको पासमा गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

पहिलो हाफमा १–० ले पछि परेको नेदरल्याण्ड्सले ६७ औं मिनेटमा बारबरी गोल गरेको थियो । रायन बाबेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए पछि फ्रान्स दबाबमा आएको थियो ।

 

तर, खेलको ७५ औं मिनेटमा ओलिभिएर जिरुडले गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा पुर्याए । विश्वकपमा  गोल गर्न असफल जिरुडले बेन्जामिन मेन्डीको पासमा गोल गरे पछि खेलमा फ्रान्स हावी भएको हो ।