• अहिले तरंगमाविज्ञापन र सन्देश
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

तीजको अवसरमा आज महिला हिंसा सम्बन्धी लोक गीत प्रतियोगीता हुँदै

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २५ । 

 

रुकुम(पश्चिम)को सदरमुकाम मुसीकोटमा आज महिला हिंसा न्युनिकरण सम्बन्धी लोक गीत प्रतियोगीता हुँदै छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम शाखाले तीजको अवसरमा महिला हिंसा न्युनिकरण सम्बन्धी लोक गीत प्रतियोगीता आयोजना गरेको हो । 

 

प्रतियोगीता मध्यान्ह् १२ बजेपछि मुसीकोट खलंगाको बालमन्दीरमा सुरु हुने छ । प्रतियोगीतामा प्रतिस्पर्धाका लागि रुकुम(पश्चिम) र (पूर्व) सहित सल्यान र जाजरकोटका गरी दुई दर्जन बढी समुहले नाम दर्ता गराएको प्रतिष्ठानका सचिव तुल देवकोटाले जानकारी दिनुभयो ।

 

कार्यक्रमको रेडियो सानीभेरी एफ.एमबाट प्रत्येक्ष प्रशारण समेत हुने छ । स्रोताहरुले रेडियो सानीभेरी एफ.एम. १००.८ र ८९.२ मेगाहर्जका साथै www.radiosanobheri.com र हाम्रो पात्रोमा गएर रेडियो सानीभेरी खोजेर पनि सुन्न सक्नुहुने छ ।