• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

वर्षाले पुर्याएको क्षेतिको अनुगमण

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २५ । 

 

रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका वडा नं. ९ ले यस बर्ष को बर्षाले पु¥याएको क्षेतिको स्थलगत अनुगमण गरी क्षेतिको विवरण संकलन गरेको छ । यस वर्षको वर्षाले वडाका विभिन्न ठाउँमा गरी करोडौंको क्षेति गरेको अनुगमणबाट खुलेको वडाले जनाएको छ । 

 

विशेषगरी भाद्र १८ गते राती परेको अविरल बर्षाले बढी क्षेती पुराएको वडाध्यक्ष नविन ओलीले जानकारी दिनुभाये । जसबाट २५ वटा घर जोखिममा परेका छन् भने दुई वटा शौचालय र दुई वटा गोठ पुर्ण रुपमा भत्किएका छन् । 

 

वर्षाका कारण आएको पहिरोले ६८ घर परिवारले लगाएको मकै तथा धान बाली पुरेर नष्ट पारेको छ । भने स्वास्थ्य चौकी, बिद्युुत, सडक, विद्यालय र खानेपानी तथा सिँचाइ योजनाहरुमा पनि क्षेति पुगेको वडाध्यक्ष ओलीको भनाई छ ।  

 

वडा स्तरीय एक टोलीले स्थलगत अनुगमण गरि वास्तविक विवरण संकलन गरेको र अव उक्त विवरण नगरपालिकामा बुझाउँने वडाको तयारी छ । क्षेतिको विवरण संकलन गर्नका लागि सबै जनप्रतिनिधिहरु तथा वडाका कर्मचारीहरु खटिएका थिए । 

 

२२ गते देखि वडाको हिलबाट सुरु भएको अभियान होल, लिङ्गुर, बल्चौर, चौखावाङ, स्वारा, कुल्सिमला हुँदै लालिवाङ पुगेर सम्पन्न भएको बताईएको छ ।।