• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

अभिभावकद्धारा एकसाता देखि विद्यालयमा तालाबन्दी

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २५ । 

 

प्रक्रिया मिचेर शिक्षक तथा कर्मचारी भर्ना गरिएको भन्दै रुकुम(पश्चिम)को त्रिवेणी गाउँपालिकाको एक विद्यालयमा तालाबन्दी गरिएको छ । त्रिवेणि गाउँपालिका–६, बाँठाकोटमा रहेको भिमकल्याण आधारभुत विद्यालयको कार्यालयमा अभिभावकले तालाबन्दि गरेका हुन् । 

 

त्रिवेणि गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाबाट अनुदान वापत प्राप्त कोटामा मनोमानि ढंगबाट शिक्षक तथा कर्मचारी भर्ना गरिएको भन्दै अभिभावकहरुले एकसाता अघि विद्यालयको प्रशासनमा तालाबन्दि गरेका हुन् । 

 

शिक्षा युवा तथा खेलकुद शाखाको निर्देशिका विपरीत विज्ञापन नै नगरी विद्यालयका शिक्षक तथा कर्मचारी भर्ना गरिएपछि आन्दोलनमा उत्रनु परेको संघर्ष समितिका अध्यक्ष कुवेर ओलीले बताउनुभयो । विद्यालयको पठन पाठन अवरुद्ध नहुनेगरी विद्यालय प्रशासनमा ताला लगाइएको र माग सम्बोधन नभए सम्म ताला नखोलिने ओलीले बताउनुभयो ।

 

अभिभावकहरुले संघर्ष समिति नै बनाएर आन्दोलन जारी राखेका छन् । विद्यालयले विज्ञापन नै नगरेर कम्प्युटर शिक्षकमा राजनकुमार ओली, लेखा तथा कार्यालय सहायकमा विवेक केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । ओलीले यस अघि गणित विषय पढाउनु हुन्थ्यो भने केसीले अंग्रेजी विषय पढाउदै आउनुभएको थियो ।

 

गणित र अंग्रेजी पठन पाठन गराउने शिक्षकलाई अरु नै कोटामा नियुक्त गर्ने निर्णय गरेको विद्यालयले सामाजिक र विज्ञान विषयको विज्ञापन गरेको छ । ८ गतेको मिति राखेर ११ गते मात्रै विज्ञापन गरिएको तर त्यसमा आइएसी भौतिक शास्त्र योग्यताको विज्ञापन गरिएकाले आफूहरु आन्दोलनमा उत्रिएको अभिभावकले बताएका छन् । 

 

प्रक्रिया विपरीत गरिएको निर्णय खारेज, फरक संकायबाट शिक्षक नियुक्त गर्ने गरी गरिएको विज्ञापन कार्यान्वन गर्न नहुने माग पनि अभिभावकले उठाएका छन् । आफूहरुले विद्यालय, वडा कार्यालय हुँदै गाउँपालिकामा समेत विधि मिचेर निर्णय भएको र त्यसलाई सच्च्याउने गरी अनुगमन नियमन गर्न अनुरोध गरिएको संघर्ष समितिका अध्यक्ष ओलीले बताउनुभयो । 

 

विद्यालयले भने प्रक्रियाबाटै शिक्षक तथा कर्मचारी नियुक्तीको निर्णय गरेको दावी गरेको छ । प्रध्यानाध्यापक यज्ञबहादुर ओलीले विद्यालयले सबै प्रक्रिय पूरा गरेर शिक्षक तथा कर्मचार नियुक्तीको निर्णय विद्यालय व्यवस्थापन समितिले गरेको बताउनुभयो ।।