• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुमेली समाज विकास केन्द्रको अध्यक्ष पुनः नेपाली

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २५ । 

 

रुकुमेली समाज विकास केन्द्र रुकुम(पश्चिम)को अध्यक्षमा पुनः नरवहादुर नेपाली निर्वाचित हुनुभएको छ । आईतबार सम्पन्न १३ औं साधारण सभा तथा छैटौं अधिवेशनबाट नेपालीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो । 

 

उपाध्यक्षमा शोभाकर शर्मा, सचिवमा केशन कुमार क्षेत्रियाल, कोषाध्यक्षमा रमा गौतम, सदस्यमा प्रविर ददेल, प्रकाश नेपाली, रविलाल नेपाली, शुसिला शर्मा दाहाल र खीमसरा पुन रहनुभएको छ । केहि सदस्य हेरफेर बाहेक अरु पुरानै कार्यसमितिलाई निरन्तरता दिईएको हो ।

 

त्यस्तै अधिवेशन अन्तरगतको बन्द सत्रले संस्थाको वार्षिक प्रगति, नीति, कार्यक्रम तथा आर्थिक प्रतिवेदन पारीत गरेको छ । साधारण सभा तथा अधिवेशनको आईतबारै कर्णाली प्रदेश सभा सदस्य देवि ओलीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको थियो । 

 

संस्थाका अध्यक्ष नरवहादुर नेपालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाको गत आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका सचिव केशनकुमार क्षेत्रियालले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । 

 

प्रतिवेदन अनुसार संस्थाले गतवर्ष विभिन्न दातृ निकायको सहयोगमा विपन्न समुदायका लागि आयआर्जन कार्यक्रम, एकीकृत परियोजना, खाद्य सुरक्षा तथा वातावरण संरक्षण परियोजना, सुआहारा कार्यक्रम, पहल कार्यक्रम, ग्रामिण खानेपानी तथा सरसफाई आयोजना, सबैका लागि दिगो सरसफाई तथा स्वच्छता कार्यक्रम संचालन गरेको छ । 

 

रुकुम(पश्चिम), (पूर्व) र दाङमा गरी यी कार्यक्रम संचालन भएका हुन् । संस्थाले संचालन गरेका विभिन्न कार्यक्रमबाट तीन जिल्लामा गरी गत वर्ष ४६ हजार ७ सय ४७ महिला र २८ हजार तीन सय ७० पुरुष गरी ७५ हजार एक सय १७ जना लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ । 

 

संस्थाका उपाध्यक्ष शोभाकर शर्माको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको संचालन संस्थाका कार्यकारी निर्देशक भिम केसीले गर्नुभएको थियो ।।