• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

रेडियो सानीभेरी सम्मानित

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, २२ । 

 

रुकुम(पश्चिम)मा रहेको एक गैरसरकारी संस्थाले रेडियो सानीभेरीलाई सम्मान गरेको छ । निष्पक्ष र तथ्यपरक समाचार तथा सन्देश प्रवाह गरि समाज रुपन्तरणमा योगदान पुर्याएको भन्दै रुकुमेलि समाज विकास केन्द्रले रेडियोलाई सम्मान गरेको हो । 

 

संस्थाको १३ औं साधारण सभा तथा छैटौं अधिवेशन उद्घाटन कार्यक्रमका अवसरमा रेडियोलाई प्रशंसा पत्र प्रदान गर्दै संस्थाले आगामि दिनमा पनि सामाजिक रुपान्तरणको अभियानमा थप प्रभावकारी भुमिका रहोस भन्ने कामना गरेको छ । 

 

रेडियोका तर्फबाट समाचार प्रमुख मनिष खड्काले सम्मान ग्रहण गर्नुभएको थियो । त्यस्तै संस्थाले आफुले संचालन गरेका विभिन्न कार्यक्रमका बारेमा समाचार सम्पेशन गरेको भन्दै जिल्ला स्थित पत्रकारहरुलाई पनि सम्मान गरेको छ । 

 

सम्मानित हुनेमा पत्रकार महासंघका सचिव तथा कान्तिपुरका जिल्ला सम्वाददाता हरि गौतम, नेपाल टेलिभिजनका जिल्ला सम्वाददाता धनबिर दाहाल, मुसीकोट दैनिकका सम्पादक लोकेन्द्र खनाल र नागरिक दैनिकका गणेश बिक रहनुभएको छ । 

 

साथै संस्थाले १४ जना उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।।