• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

विद्यालयमा अझै पुगेनन् पुस्तक

सानीभेरी समाचार डेस्क भाद्र २४ ।

जाजरकोटको एक विद्यालयमा आर्थिक वर्ष बितेको २ महिना पुगे पनि पुस्तकालयको पुस्तक पुग्न सकेको छैन । कुशे गाउँपालीका–२ मा रहेको मान्य ढुगा माध्यामिक विद्यालयमा हाल सम्म पनि पुस्तालयको पुस्तक पुग्न नसकेको हो ।

 

आर्थिक वर्ष २०७४÷०७५ मा पु¥याउनु पर्ने पुस्तालयको पुस्तक हाल सम्म पनी पु¥याउन नसकेको ब्यवस्थापन समितिले जानकारी दिएको छ । साबिकको जिल्ला शिक्षा कार्यालय जाजरकोटबाट आर्थीक वर्ष भित्र विद्यालयमा पुस्ताकालयको पुस्तक पु¥याउने गरि गरिएको सम्झौता बिपरित पुस्तकालयको लागि ६ लाख ५० हजार बजेटमा १ लाख २५ हजारको मात्र पुस्तकालयको पुस्तक खरिद गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनमाया शाहीले बताउनुभयो ।

शाहीका अनुसार पुस्तकालयको १ लाख २५ हजार बाहेक अन्य रकमको पुस्तकहरु साउन मसान्तसम्म विद्यालयमा पु¥याउनको लागि ब्यबस्थापन समितिले बिद्यालयका लेखापाल धिरेन्द्रबहादुर सिंहलाई लिखित कागज गरेपनि हाल सम्म पुस्ताकालयको पुस्तक नपुगेको समेत शाहीले जानकारी दिनुभयो ।

 

आर्थिक वर्ष सकिएको २ महिना वितिसक्दा पनि विद्यालय लेखापाल र शिक्षकको मिलोमतोमा हालसम्म पनि पुस्तक पुग्न नसकेको स्थानीयको आरोप छ ।