• अहिले तरंगमाराष्ट्रिय गीतहरु
  • केहि छिनमाजीवन दर्शन

ताजा अपडेट :

समाचार

गलत नक्सा र निसान छाप प्रयोग नगर्न सरकारको निर्देशन

भाद्र २४ ।

सरकारले नेपालको गलत नक्सा र निसान छाप प्रयोग नगर्न सबैलाई निर्देशन दिएको छ । नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिइएको हो ।

 

यसअघि नेपालका भूभाग नै नभएका गलत नक्सा र निशान छाप नै नक्कली प्रयोग भइरहेको समाचार सार्वजनिक भएको थियो । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन नै गरी नापी बिभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्रै प्रयोग गर्न आग्रह गर्नुभयो । सबै सरकारी निकायलाई यसबारे आइतबारै पत्राचार गरिने उनले जानकारी दिनुभयो ।

 

उहाँले नक्सा र निसान छापमा कसरी त्रुटी भयो भन्ने कुरा पत्ता लगाइने पनि बताउनुभयो । अनधिकृत नक्सालाई विस्थापित र आधिकारिक नक्सा स्थापित गर्न अनुगमन गर्ने उहाँको भनाइ छ । अनुगमनको लागि परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेको समिति बनाइएको छ ।