• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

प्रधानसेनापति थापालाई दर्ज्यानी चिह्न प्रदान

भाद्र २४ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । उहाँले आजै सैनिक मुख्यालय जंगी अड्डा पुगेर औपचारिक रुपमा कार्यभार सम्हाल्नुभएको छ ।

 

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको सहभागीता थियो । थापालाई गत साउन १० गतेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४ गतेबाट अवकाश पाउने भएपछि एक महिनाअघि नै विदा बस्नुभएको थियो । विगतको प्रचलन अनुसार विदा बस्नुअघि क्षेत्रीले थापालाई कार्यभार हस्तान्तरण गर्नुभएको हो ।

 

क्षेत्रीको कार्यकाल भदौ २४ बाट औपचारिक रुपमा सकिएकाले नेपाली सेनाको कमाण्ड औपचारिक रुपमा थापाको हातमा आएको छ ।