• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

टोल युवा विकास समिति लम्पाकोट द्धारा काठेपुल निर्माण

सानीभेरी समाचार डेस्क भाद्र २४ ।

रुकुम(पुर्व)को सिस्ने  गाउँपालिका ८ मा पर्ने जामाखोलामा काठेपुल निर्माण गरिएको छ । टोल युवा विकास समिति लम्पाकोटले ४० हजार बराबरको श्रमदानबाट काठेपुल निर्माण गरेको हो । 

 

यहि भदौ ५ गते खोलामा आएको बाढीले काठेपुल बगाउँदा स्थानियलाई खोला वारपार गर्न समस्या भएको थियो । समितिका २५ जना युवाहरुको सहभागितामा दुइदिन लगाएर २२ मिटर लामो काठेपुल निर्माण गरिएको छ ।

 

खोलामा पुल निर्माण भए पछि झिमखोलाबाट लम्पाकोट मावि पढ्न जाने बिद्यार्थीहरु र स्थानीयलाई खोला वारपार गर्न सहज भएको समितिका सदस्य बलबहादुर गिरीले जानकारी दिनुभयो । 

 

स्थानीय सरकारले कुनै पहल नगरे पछि युवा आफैले आफ्नै पहलमा पुल निर्माण गरेको टोल युवा विकास समितिले जनाएको छ ।