• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

मुसिकोट सातमा रहेको ठुलि दहको संरक्षण थालिदै

image not found

सानीभेरी समाचार डेस्क भाद्र २४ ।

रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका ७ साँखमा रहेको ठुलि दहको संरक्षण थालिएको छ । पर्यटकीय सम्भावना बोके पनि प्रचार प्रसार र संरक्षणको अभावमा आझेलमा परेको ठुलि दहको स्थानीय तहले संरक्षण थालेको हो । 

 

मुसीकोट नगरपालिकाले नगरको समग्र विकासका लागि तयार पारेको गुरुयोजनामा ठुलि दहको संरक्षणलाई जोड दिईएको छ । ठुलिदह पर्यावरणिय पर्यटन क्षेत्रका रुपमा गरुयोजनामा समावेश गरिएको वडाध्यक्ष हिमवहादुर पाण्डेले जानकारी दिनुभयो । 

 

संरक्षणका लागि ठ्याक्कै के गर्ने भन्ने भने अझै निक्र्यौल भैनसकेको उहाँको भनाई छ । तर संरक्षणको प्रयास भने सुरु भैसकेको उहाँले बताउँनुभयो । दह सम्म पुग्नका लागि सबैभन्दा महत्वपुर्ण सडक निर्माणको काम चलिरहेको अध्यक्ष पाण्डेले बताउनुभयो । 

 

उहाँका अनुसार ठुलि दहलाई जोड्ने मध्यपहाडि लोकमार्ग–चक्चारी–किरिङकिरे सडक खण्ड निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा पाँच लाख खर्च भएको र चालु आर्थिक वर्षका लागि तीन लाख विनियोजन गरिएको छ ।

 

त्यस्तै दह स्थलमा शिद्ध मन्दीर निर्माणका लागि एक लाख विनियोजन गरिएको उहाँको भनाई छ । मुसीकोट ७ को साँघ गाउँबाट करिब डेड घण्टाको पैदल हिडाई पछि ठुलि दह पुग्न सकिन्छ । त्यहाँ ठुलि दह, स्यानी दह र छिप्रि दह रहेका छन् । 

 

निकै रमणिय रहेपनि अहिलेसम्म उल्लेख्य रुपमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउँने नसकिएपछि वडाले विशेष पहल थालेको वडा सदस्य तोकवहादुर खत्रीले बताउनुभयो । कमसेकम यहाँको प्रचार प्रसार गरी पर्यटक भित्र्याउन सकिए त्यो ठुलो उपलब्धी हुने उहाँको भनाई छ । 

 

ऐतिहाँसिक धार्मिक विश्वास समेत बोकेको यस ठाउँको उचित संरक्षण हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । खडेरी परेमा ठुलि दहमा पूजा पाठ गरे पानी पर्ने परापूर्वकाल देखि विश्वास रहि आएको स्थानीय पुर्णवहादुर बुढाले बताउनुभयो । खेल मैदानका लागि समेत त्यस ठाउँलाई उपयुक्त मानिएको छ ।