• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

निजामती सेवा जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको प्रधानमन्त्री ओलीको भनाइ

भाद्र २२ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको बताउनुभएको छ । १५ औं निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सरकार र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको उल्लेख गर्नुभएको हो । राज्यका नीति, योजना र कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको प्रधानमन्त्री ओलीको भनाइ छ । १५ औं निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको आकाङ्क्षा बमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दहे राजनीतिक इच्छाशक्ति भएको नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, नवप्रवध्र्दनात्मक, सिर्जनशील, प्रविधिमैत्री, सूचना प्रविधिको अधिकतम उपयोग गर्न सक्षम, कार्यकुशल र परिणाममुखी प्रशासन अपरिहार्य रहेकोमा प्रधानमन्त्री ओलीको जोड छ । समयवद्ध, उपलब्ध स्रोत—साधनको पूर्ण सदुपयोग तथा मितव्ययिता र सबैले अनुभूत गर्न वा मापन गर्न सक्ने गरी उपलब्धि हासिल गर्ने क्षमता भएको प्रशासनिक प्रणाली स्थापित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको छ ।