• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सिस्ने गाउँपालिकाले डम्पिङ साइड निर्माण गर्ने

image not found

सानीभेरी समाचार डेस्क भाद्र २२ ।

रुकुम(पूर्व)को सिस्ने गाउँपालिकाले उपयुक्त ठाउँको पहिचान गरी फोहोर फाल्ने डम्पिङ साइड निर्माण गर्ने भएको छ । बिहिबार बसेको गाउँकार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

 

जसका लागी वडा नम्बर ६ को गैरीसाज, धाउनेबगर, पैयाबारा लगाएत ठाउँको सम्भाब्यता अध्ययन गर्ने भएको छ । बैठकले गाउँपालिका भित्र न्युन दरबन्दी भएका वा दरबन्दी नभएका विद्यालयहरुमा शिक्षण सहयोग अनुदान बितरण गर्ने, मापदण्ड पुरा गरेका विद्यालयलाई कोटा उपलब्ध गराउने, गाउँपालिकाबाट छुटइएका बालबिकास केन्द्रका पाँचवटा कोटा ५ वडामा संचालन गर्ने, यहि २३ गते राष्ट्रिय शिक्षा दिवश र २९ गते राष्ट्रिय बालदिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

 

त्यस्तै गाउँपालिका भित्र संचालित उद्योग, व्यापार तथा व्यवसाय स्थानिय तहमा दर्ता गराउनका लागी आबश्यक पहल गर्ने, उत्पादीत सबैखाले बस्तुको मुल्य निर्धारण गरी कार्यान्वयन गर्ने जिम्मा सम्बन्धित वडालाइ दिने, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति प्रमुखको कार्यकक्ष र जिल्ला अनुसन्धान कार्यालयको भवन मर्मतका लागी आर्थीक सहयोग गर्ने लगाएत निर्णय गरिएको छ ।

 

गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा बसेको बैठकले बर्खायामको समयमा बन्द भएका ग्रामीन सडकहरु तत्काल सुचारु गर्ने र घर तथा जग्गामा भएको क्षेतीको क्षेतीपूर्तिका लागी माग भइ आएका निबेदन माथी छलफल गर्ने र राहत उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका प्रबक्ता जिवन केसीले जानकारी दिनुभयो ।