• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

ट्याक्टर दुर्घटना हुुँदा एक जनाको मृत्यु, ३ घाइते

image not found

सानीभेरी समाचार डेस्क भाद्र २२ ।

रुकुम (पश्चिम)मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तिनजना घाइते भएका छन् । मुसीकोट नगरपालिका–४, सोलावाङबाट वडानम्वर १ गाराघाट जादै गरेको ट्याक्टर दुर्घटना हुूदा बाँफिकोट गाउँपालिका–९, ठेगाना भै मुसीकोट नगरपालिका–१, गाराघाट बस्ने २८ बर्षीय धनमाया देवकोटाको मृत्यु भएको हो । 

 

दुर्घटनामा परी घाइते देवकोटालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना परी मृतक धनमायाकै छोरी १३ वर्षीय मुना, मुसीकोट नगरपालिका–१३, कि २४ बर्षीया कमला केसी र बाँफिकोट–९, कि १६ बर्षीया ललिता ओली घाइते भएका छन् । 

 

घाइते ३ जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइते मध्य मुना र ललिता गम्भिर रहेको जनाइएको छ । ट्याक्टर न्युटलमा राखेर चालक खोलामा गएका कारण दुर्घटना भएको जनाइएको छ । 

 

विहीबार बेलुका दुर्घटना भएको ट्याक्टर सडकभन्दा २० मिटर तल पुगेको छ । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।