• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

भाद्र २१ ।

नेपाल आयल निगमले आजदेखि लागुहुनेगरि फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्य बढाउने निर्णय गरेको हो । 

 

निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको जनाएको छ । 

 

पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य ११२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मुल्य १४ सय रुपैयाँ हुनेछ ।

 

निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको र अमेरिकी डलरको भाउ पनि बढेको भन्दै मूल्य बढाएको जनाएको छ ।