• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

मन्त्रीहरुको कामका विषयमा प्रधानमन्त्री ओलीको आन्तरिक छलफल

भाद्र २१ ।

सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको भन्दै आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका शिर्ष नेताहरुसंँग छलफल थाल्नुभएको छ । सरकारलाई प्रभावकारी बनाउने बिषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको छ । 

 

गृहमन्त्री रामबहादुर थापासहित आधा दर्जन मन्त्रीका विषयमा विभिन्न टिप्पणी भएको र प्रभावकारी काम गर्न नसकेको भन्दै पार्टीभित्र चर्चा भएपछि मन्त्री हेरफेर गर्ने बिषयमा पनि दुई नेताबीच छलफल भएको छ । 

प्रधानमन्त्री ओलीले यसअघि पनि मन्त्रीहरुलाई बारम्बार प्रभावकारी रुपमा काम गर्न निर्देशन दिइ सक्नुभएको छ । सीआइएनसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच यस बिषयमा छलफल भएपनि निर्णय भने भइनसकेको जानकारी दिनुभयो । 

 

दुई अध्यक्षबीच सरकारको काम कारवाहीसँगै सत्यनिरुपण तथा मेलमिलाप आयोग र पार्टीको एकताका थप कामको विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।