• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हुम्लाको एकता भेला सम्पन्न

image not found


हुम्ला सिमकोट मसिंर २६गते
 अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हुम्लाको  एकता भेला आईतबार सिामकोटमा  सम्पन्न भएको छ । भेलाले सिता शाही सुस्मीताको अध्यक्षतामा ५१ सदसिय जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षमा कुसुम कार्कि कोपीला,कोषध्यक्ष वविता लामा, सचिवमा गिता खड्का विरता र सह सचिव डंङशिला ऐडी संगिता सहित जिल्ला कमिटि चयन भएको नवर्निर्वाचित अध्यक्ष  शाहीले जानकारी गराउनु भयो ।  भेलामा  अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ६ नं. प्रदेशका  फायक्सन इन्चार्र्ज र्पावती थापाले निर्वाचित  कमिटीको घोषण गर्ने भयो ।  ने क पा माओवादी केन्द्रका पोलिट व्ययुरो पुष्पा घर्तिमगर सपानाले  जिल्लामा महिलाहरुका हरेक प्रकारका अधिकार र  स्थानीय निकायको चुनावमा महिलाहरुले चुनावी नेतृत्वको  जिम्मा लिएर अघि बढ्नु  जोड दिनु भयो । उहाँले  राज्यले दिएको अधिकार लाई ग्रामिण भेकमा रहेका महिलाहरु लाई अधिकारको बारेमा  जनचेतान जोगाउनुको साथै सधै झै चुलोचौकोमै सिमित भएका महिलाहरुलाई  अगाडी बढाउनु पर्ने  जोड दिनु भयो ।
 एकता भेलामा बोल्दै नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज विजय भण्डारीले  अबको कमिटीले हुम्लामा महिलाहरुको अधिकारको बारेमा बहसका रुपमा र  पार्टीको निती नियममा रेहेर हरेक प्रकारका विकास निमार्ण लगायतका अधिकार बारेमा नेतृत्व लिने आग्रह गर्नु भयो । यस्तै भेला सफलताको शुभकामना मन्तव्य राख्दै ने क पा माओवादी केन्द्रका भेला आयोजक समितीका सदस्य लालकेश जैशीले  पनि हुम्लाका महिलाहरुको दश बर्षे  जनयुद्धमा महत्वपूर्ण भुमिका खेलेको  अबको  समय सहज वातवरणमा महिलाहरुले  महिला अधिकार सहित पुरष सरह नेततत्व लिनु पर्ने जोडि दिनु भयो ।  भेलाका सहभागिहरुले  अब संगठनलाई नया तरिकाले अगाडी बढाउने जोड दिएका थिए ।