• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

पत्रकार महासंघ रुकुमले बुझायो ज्ञापन पत्र

image not found

सानीभेरी समाचार डेस्क भाद्र २१ ।

नेपाल पत्रकार महासंघ रुकुम शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । 

 

भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाएको भन्दै केहि बुँदाहरु तत्काल संशोधन गरेर पूर्ण प्रेस मैत्री बनाउन माग राख्दै ज्ञापन पत्र बुझाईएको हो ।

 

मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधानहरुले सञ्चार माध्यममा प्रकाशित प्रसारित सामग्रीकै आधारमा संचारकर्मी माथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था रहेकाले संशोधनको माग राखिएको नेपाल पत्रकार महासंघ रुकुम शाखाले जनाएको छ ।

 

पत्रकार महासंघ रुकुमका उपाध्यक्ष लक्ष्मण केसी नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई ज्ञापन पत्र बुझाएको हो ।।