• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

उपभोक्ता समितिले गर्ने बिकास निर्माणका कामहरु अब श्रम सहकारीबाट

सानीभेरी समाचार डेस्क भाद्र २१ ।

रुकुम(पश्चिम)मा यसअघि उपभोक्ता समितिले गर्ने बिकास निर्माणका कामहरु अब श्रम सहकारी संघ मार्फत हुने भएका छन् । बिकासे बजेट फ्रिज हुन् नदिन श्रम सहकारीबाट बिकास निर्माण गर्न लागिएको हो । 

 

जिल्ला समन्वय समितिको निर्णय अनुसार सबै स्थानीय तहमा श्रम सहकारी संघ गठन गर्न निर्देशन गरिएको छ । सहकारीको नियम अनुसार प्रत्येक पालिका र वडा स्तरीय श्रम सहकारी संघ गठन गरिने जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बर्षेणी करोडौं बजेट फ्रिज हुने भएकोले उक्त बजेटलाई फ्रिज हुन् नदिन श्रम सहकारीबाट काम गर्न थालिएको हो । श्रम सहकारीले दक्ष जनशक्ति निर्माण गर्नको लागी विभिन्न तालिमहरु पनि सञ्चालन गर्ने प्रमुख शर्माले बताउनुभयो ।

 

जिसस र स्थानीय तहको निर्णय अनुसार श्रम सहकारी संघ गठन गर्न सुरु गरेको जिल्लाका विभिन्न वडाले बताएका छन् ।