• अहिले तरंगमाआधुनिक गितहरु
  • केहि छिनमारेडियो प्रशारण सेवा समापन

ताजा अपडेट :

समाचार

डिएगो कोस्टा यूईएफए नेशनल लिगमा राष्ट्रिय टिमबाट नखेल्ने

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, २० ।

 

व्यक्तिगत कारण देखाउदै डिएगो कोस्टाले यूईएफए नेशनल लिगमा स्पेनको राष्ट्रिय टिमबाट नखेल्ने भएका छन् । समूह ए मा रहेको स्पेनले शनिबार बेम्बलीमा इंग्ल्यान्डको सामना गर्नेछ । 

 

एटलेटिको मड्रिडका २९ वर्षीय स्ट्राइकरको स्थानमा ३१ वर्षीय सेल्टा भिगोका स्ट्राइगर इयागो आस्पास टोलीमा परेका छन् । स्पेनले यूईएफए नेश्नल लिगमा इंग्ल्यान्ड र क्रोएसियासँग खेल्दै छ ।

 

स्पेन लुइस एनरिकेको प्रशिक्षणमा स्पेनले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै छ । स्पेनको टिम सम्हाले लगत्तै एनरिकले ठूलो निर्णय पनि गरेका छन् । उनले घोषणा गरेको टिममा जोर्डी अलावा, एटलेटिकोका कोके लगायत आन्द्रे इनिस्टा, डेविड सिल्भा र जिरार्ड पिकेलाई टोलीमा समावेश गरेका छैनन् ।