• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

सरकारलाई डाक्टरहरुको एक हप्ताको अल्टिमेटम

सानीभेरी समाचार डेस्क 

भाद्र, २० ।

 

नेपाल चिकित्सक संघले र मुलुकी अपराध संहिता ऐन २०७४ संशोधन प्रक्रिया अगाडि बढाउन एक हप्ताको अल्टिमेटम दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सोमबार भएको सहमति अनुसार संघले आउँदो सोमबारसम्मको समय दिएको अध्यक्ष मुक्तिराम श्रेष्ठले बताउनुभयो । 

 

आगामी सोमबारभित्र ऐन संशोधनका लागि प्रक्रिया अघि नबढाए पुनः आन्दोलनमा उत्रिन बाध्य हुने उहाँको भनाई छ । स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र संघबीच भएको वार्तामा संहिताको दफा २ सय ३० को उपदफा २ खारेज गर्ने सहमति भएको छ ।। 

 

मुलुकी अपराध संहिता ऐन २०७४ संशोधनको माग गर्दै चिकित्सकहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका थिए ।।