• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

स्थानिय तहमा कर्मचारी पठाउन अझै केही समय लाग्ने

सानीभेरी समाचार डेस्क 

भाद्र, २० ।

 

सरकारले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने प्रष्ट पार्नुभएको हो । 

 

प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि लोक सेवा आयोगसँग आवश्यक परामर्श भइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले पुस मसान्तभित्र कर्मचारी समायोजनको काम सम्पन्न गरिसक्ने दाबी पनि गर्नुभयो । 

 

सरकारले समिति बनाएर कर्मचारी भर्नाको प्रक्रियाका विषयमा छलफल गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शुरेशराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारी पठाउन अझै केही समय लाग्ने देखिएको छ ।।