• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

१५ दिन बिद्यालयमा उपस्थित नभए चौरजहारी नगरपालिकामा शिक्षकको जागिर जाने

image not found

डिल्लीवहादुर खत्री 

भाद्र, २० ।

 

रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकामा शिक्षकहरु विना जानकारी लगातार पन्ध्र दिन बिद्यालय अनुपस्थित भएमा जागिर जाने भएको छ । संघिय शिक्षा ऐन २०७४ र भदौ ७ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार विद्यालय आउँन आनाकानि गर्ने शिक्षकलाई कडाई गर्न लागिएको हो ।

 

यो नियम लागु गरिए संगै शिक्षकहरु बिद्यालयमा अनियमित रुपमा उपस्थित हुने परिपाटीको अन्त्य हुने बिश्वास लिइएको छ । कुनै पनि शिक्षक जानकारी बिना पन्ध्र दिनसम्म बिद्यालयमा हाजिर भएन् भने त्यस्तो शिक्षकलाई जागिरबाट निस्कासन गरिने नगर प्रमुख बिशाल शर्माले बताउनुभयो ।

 

उहाँका अनुसार बिद्यालयमा अनुपस्थित भएको जानकारी आउने बित्तिकै बिद्यालयमा उपस्थित हुन निर्देशन दिने र अटेर गरेमा जागिरबाट निष्कासन गरिने छ । त्यस्तै कसैले खेतला शिक्षक राखेमा पनि खेतला शिक्षक राखेको समयको तलब पनि कटौती गरिने नगर प्रमुख शर्माको भनाई छ ।