• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

शिक्षक पन्ध्र दिन हाँजिर नभए जागिरबाट निस्कासन गरिने

डिल्लीबहादुर खत्री ÷चौरजहारी ।

रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकामा शिक्षकहरु पन्ध्र दिन बिद्यालय अनुपस्थित भएमा जागिर खान पाइने छैन् । संघिय शिक्षा ऐन २०७४ र भदौ ७ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार यो कार्यान्वयनमा आएको हो ।

 

यो नियम लागु गरिए संगै शिक्षकहरु बिद्यालयमा अनियमित उपस्थित हुने परिपाटीको अन्त्य हुने बिश्वास लिइएको छ । कुनै पनि शिक्षक जानकारी बिना पन्ध्र दिनसम्म बिद्यालयमा हाजिर भएन् भने त्यस्तो शिक्षकलाई जागिरबाट निस्कासन गरिने नगर प्रमुख बिशाल शर्माले बताउनुभयो ।

 

उहाँका अनुसार बिद्यालयमा अनुपस्थित भएको जानकारी आउने बित्तिकै बिद्यालयमा उपस्थित हुन निर्देशन दिने र अटेर गरेमा जागिरबाट निस्कासन गरिने छ । त्यस्तै कसैले सट्टा वा खेतला शिक्षक राखेमा पनि खेतला शिक्षक राखेको समयको तलब पनि कटौती गरिने नगरपालिकाले जनाएको छ ।