• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

आठबिसकोटमा जिप दुर्घटना, तिन घाईते

image not found

सानीभेरी समाचार डेस्क भाद्र १९ ।

रुकुम(पश्चिम)आठबिसकोट नगरपालिका ११ भेरीखोरमा जिप दुर्घटना हुँदा तिनजना घाइते भएका छन् । आठबिसकोटको राडिबाट जाजरकोटको रिम्ना जाँदै गरेको ग १ ज ६०४० नम्वरको जिप बिहान ११ वजे दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी घाईते हुनेमा आठबिसकोट नगरपालिका ८ का ३२ बर्षिय टिकाराम बिक, १४ की ७ बर्षिया बालिका सिन्दु मल्ल र सानीभेरी गाउँपालिका ४ की १८ बर्षिया निसा चन्द रहेको ईलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । 

 

घाईते तिनै जनाको राडिमा रहेको एक मेडिकलमा उपचार भैरहेको छ । नौ जना यात्रु सवार रहेको जिप ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।