• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुममा पनि ५३ औं रेडक्रस दिवस

image not found

सानीभेरी समाचार डेस्क भाद्र १९ 

रुकुम(पश्चिम)मा पनि ५३ औं रेडक्रस दिवस मनाईएको छ । दिवसको अवसरमा आज बिहान नेपाल रेडक्रस सोसाईटीको कार्यालय खलंगामा चियापानका साथै रेडक्रसका संस्थापक डा. हेनरी ड्युनाको फोटोमा माल्यार्पण र रेडक्रसको झण्डोत्वलन गरिएको थियो । 

 

त्यस्तै दिवसको अवसरमा रक्तदान कार्यक्रम पनि संचालन गरिएको छ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रुकुमका सचिव हरी गौतमले रक्तदान गर्नुभएको थियो । भने अन्य इच्छुक रक्तदाताको सूचि समेत तयार पारीएको छ । 

 

उक्त व्यक्तिहरुलाई आवश्यक परेको खण्डमा रक्तदानका लागि बोलाईने नेपाल रेडक्रस सोसाईटी रुकुम(पश्चिम)ले जनाएको छ । यसैविच दिवसकै अवसर पारेर रक्तदातालाई सम्मान समेत गरिएको छ । 

 

जसक्रममा दुई पटक रगत दान गर्ने रेडियो सानीभेरीका समाचार प्रमुख मनिष खड्का सम्मानित हुनुभयो । अन्य रक्तदाता भने सहभागी नभएकाले आगामि दिनमा सम्मान गरिने बताईएको छ । 

 

नेपाल रेडक्रस सोसाईटी रुकुम(पश्चिम)का सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका पूर्व सभापति महेन्द्र केसी लगाएत रेडक्रस जिल्ला शाखा तथा उपशाखाका पदाधिकारीहरु, पत्रकार, रेडक्रसमा कार्यरत कर्मचारी लगाएतको सहभागीता रहेको थियो । 

 

कार्यक्रमको संचालन रेडक्रसका कोषाध्यक्ष रामवहादुर केसीले गर्नुभएको थियो ।