• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

मेलमिलाप कर्ताहरुको तालिम सम्पन्न

image not found

सानीभेरी समाचार डेस्क भाद्र १९ ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका १ खलंगामा संचालन गरिएको ८ दिने मेलमिलाप सम्बन्धि आधारभुत तालिम समापन गरिएको छ । मुसीकोट नगरपालिकाको आर्थिक सहयोग र ग्रामिण सुधार केन्द्रको आयोजनामा संचालन गरिएको तालिम सोमबार एक कार्यक्रमकाबिच समापन गरिएको हो ।

 

वडा स्तरमा हुने विभिन्न बिबादहरुलाई मेलमिलापको माध्यमबाट समस्या समाधान गर्ने उदेश्यले तालिम संचालन गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ । मेलमिलाप सम्बन्धि ४८ घण्टे तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पु¥याउँने सहयोग, मेलमिलापकर्ता हरुको भुमिका लगाएतका विषयमा सिकाईएको छ । 

 

आठदिन सम्म संचालन भएको तालिममा प्रत्येक वडाबाट दुई÷दुई जना गरी २८ जना र कानुन व्यवशायि, बुद्धिजिवि गरेर ३५ जनाको सहभागीता रहेको थियो । तालिमको सहजिकरण सामुदायीक मेलमिलाप परिषदका नैनभक्त श्रेष्ठले गर्नुभएको थियो ।

 

मुसीकोट नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक प्रेमकुमारी सुनारको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला अदालतका श्रेष्तेदार तेजकुमार पौडेल, मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र रावल, ग्रामिण सुधार केन्द्रका टेकवहादुर खड्का लगाएतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमको संचालन मुसीकोट न्यायिक समितिका कानुन अधिकृत ललित बुढाले गर्नुभएको थियो ।