• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सानीभेरी गाउँपालिका ६ मा श्रम सहकारी संस्था गठन

सानीभेरी समाचार डेस्क भाद्र १९ ।

रुकुम(पश्चिम)सानीभेरी गाउँपालिका वडा नम्बर ६ मा देउताखोला श्रम सहकारी संस्था लिमिटेड गठन गरिएको छ । एउटा वडामा एउटा श्रम सहकारी स्थापना गर्ने गाउँकार्यपालिकाको निर्णय अनुसार ६ नम्बर वडामा पनि सहकारी संस्था स्थापना गरिएको हो ।

 

६ नम्बर वडाका वडा अध्यक्ष सर्वजित घर्तीको अध्यक्षतामा भएको साधारणसभाले दिलबहादुर केसीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गरेको हो । जस्को उपाध्यक्षमा गौमती कामी, सचिव नन्दलाल जैसी र कोषाध्यक्षमा नन्दराम जैसी रहनुभएको छ ।

 

साधारणसभाले हेमन्त घर्तीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति र ताराप्रसाद घर्तीको संयोजकत्वमा ३ सदस्यीय ऋण उपसमिति पनि गठन गरेको छ । सोमबार पहिलो दिनमा सहकारी संस्थामा ७२ जना शेयर सदस्य समााबेस भएको बताईएको छ ।

 

वडा सदस्य बलबहादुर पुनको स्वागत मन्तव्य रहेको साधारणसभाको संचालन बालकृष्ण बिकले गर्नुभएको थियो ।