• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

भुमे गाउँपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा

image not found

जयमान बुढामगर/रुकुम(पूर्व) 

भाद्र, १८ ।

 

रुकुम (पूर्व)को भूमे गाउँपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २ नम्बर वडाको खाबाङ बगरमा गाउँपालिकाको कार्यालय सञ्चालनका लागि २ वटा भवन निर्माण भैरहेका छन् । गाउँपालिकाको ४० लाख नगद र स्थानीयको आठ लाख श्रमदान गरी ४८ लाखको लगानीमा २६ कोठाका २ वटा भवन निर्माण भैरहेका हुुन् । 

 

निर्माण समितिका अध्यक्ष नारायण पुनका अनुसार भवन निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको छ । भवन निर्माणका सबै काम सकिएर अव सिमेन्ट प्लाष्टर गर्ने र झ्याल ढोका मिलाउने काम बाँकि रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो । भवन निर्माणका लागि गाउँपालिकाले गत आर्थिक बर्ष २०७४÷०७५ मा ४० लाख रकम विनियोजन गरेको थियो । 

 

भवन निर्माणका लागि स्थानीयले श्रमदान गर्ने प्रतिवद्धता गरेका थिए । गाउँपालिकाले विनियोजन गरेको ४० लाखको २० प्रतिशत वापत हुन आउने आठ लाख बराबरको श्रमदान गाउँलेले गरिरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । भवन बनाउन खाबाङबासीले २६ रोपनी जग्गा समेत गाउँपालिकाको नाममा निशुल्क पास गरिदिएको अध्यक्ष बुढाको भनाई छ । 

 

भूमे गाउँपालिकाको अस्थायी कार्यालय हाल ३ नम्बर वडाको सीमामा रहेको छ । गत फागुन महिनामा बसेको गाउँ सभाले गाउँपालिकाको स्थायी केन्द्र २ नम्बर वडाको खाबाङमा बनाउने निर्णय गरेको थियो । सर्वसम्मत भएको उक्त निर्णय राजपत्रमा समेत प्रकाशित भैसकेको छ । 

 

भवन निर्माणका सबै काम सकिएपछि आगामी असोज महिना भित्रै गाउँपालिकाको कार्यालय खाबाङ सार्ने योजना रहेको गाउँपालिकाले जनाएका छ ।।