• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

लाखे नाच आज समापन हुँदै

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, १८ । 

 

रुकुम(पश्चिम)मा हरेक वर्ष नाचिने परम्परागत लाखे नाच आज सकिदै छ । यो नाच हरेक वर्ष जनैपुर्णीमा देखी श्रीकृष्ण जन्माष्टमिको भोलिपल्ट सम्म चल्ने गरेको छ । 

 

कंसलाई कुखुराको भोक दिएर औपचारिक रुपमा सुरु भएको लाखेनाच आज कंसलाई नै मारेर समापन गर्न लागिएको हो । श्रीकृष्णले कंसलाई मारेको सम्झनामा यो नाच नाचिदै आएको सालघारी लाखे समितिका उपाध्यक्ष केशव नेपालीले जानकारी दिनुभयो ।

 

द्धापरयुगको अन्त्यतिर वासुदेव र देवकीको आठौं सन्तान तथा विष्णुको आठौं अवतारका रुपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा लाखे नाच मनाउदैं आईएको उहाँको भनाई छ ।

 

उहाँका अनुसार यो नाच रुकुममा ४ दशक अगाडि देखि नाच्दै आईएको छ । भगवानका रुपमा लिईने कृष्णलाई मार्न कंसले वहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर रुकुममा हरेक वर्ष लाखे नाच्ने परम्परा रहि आएको छ । 

 

श्रीकृष्ण जन्मिएको दिन कृष्णाष्टमीको भोलीपल्ट वोकालाई कंस मानेर बली दिएपछि लाखे नाचको औपचारिक समापन गर्ने परम्परा रहेको छ । यो नाच समापन कार्यक्रम अवलोकणका लागि आज गाउँ गाउँबाट मान्छेहरु सदरमुकाममा आउँने गर्छन् । 

 

खलंगाको बह्राटाकुरामा एक मेलाकै विच लाखे नाचको औपचारीक समापन गरिन्छ ।।