• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बाँफिकोटको बडगाई खोलामा बगेर श्रीमान, श्रीमतिको मृत्यु

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, १६ ।

 

रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान श्रीमतिको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका ८ दुलि दुलिखाका ५० वर्षिय अमृत घर्ती र उहाँकी श्रीमति ४८ वर्षिया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो । 

 

बाँफिकोट गाउँपालिका पाँच बडगाउँमा छोराको माईतिबाट फर्कदै गर्दा घर्ती दम्पति बिहिबार बेलुकी उक्त वडाकै ढाँरा भन्ने ठाउँबाट खोलामा बगेका थिए । खोलामा रहेको काँठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पति मध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो । 

 

बगेको भन्दा केहि तल उहाँको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । त्यस्तै श्रीमति तुलसाको शव भने आज बिहान सात बजेतिर फेला परेको छ । खोजी गरिरहेका स्थानीय र प्रहरीको टोलीले बगेको भन्दा केहि तल तल शव फेला पारेको वडा नं. ८ का वडा सदस्य भिमवहादुर बाँठाले जानकारी दिनुभयो ।