• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बिमस्टेक सम्मेलन आज सकिदै

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, १५ ।

 

काठमाण्डौँमा जारी ंबंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज घोषणा पत्र तय गर्दै समापन हुदै छ । हिजोबाट सुरु भएको सम्मेलनको आज समापन गर्न लागिएको हो । सोल्टी होटलमा चलिरहेको सम्मेलनका लागि बिम्स्टेक सदस्य राष्ट्र म्यानमार, भुटान, श्रीलंका, भारत, बंगलादेश तथा थाइल्यान्डका राष्ट्रप्रमुख अहिले काठमाडौंमा छन् । 

 

सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीको पुलसाइडमा सबै राष्ट्रप्रमुखको सम्मानमा ‘रिट्रिट’ दिने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी बिहान ११ बजेबाट बिम्स्टेकको दोस्रो सत्र सुरु हुदैछ । 

 

दोस्रो सत्रको सुरुवातमा प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीका बुँदा जानकारी गराउँने कार्यक्रम रहेको छ । सम्मेलनमा बिमस्टेक स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’को समझदारीपत्र (एमओयू) मा सातै देशका मन्त्रीले हस्ताक्षर गर्नुहुनेछ ।।