• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

ग्रामिण सडकै कारण गाउँ वस्तीहरु पहिरोको उच्च जोखिममा

सानीभेरी समाचार डेस्क, भाद्र १४ ।

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका भित्रका अधिकांस गाउँहरु ग्रामिण सडकका कारण पहिरोको उच्च जोखिममा परेका छन् । 

 

बन्गाड कुपिण्डेको वडा ४ मा रहेको व्युरेनी, गर्चे वजार, घरेली, नैयाटा, खैरागाड, स्याँला, त्रिभुवन जनता मावि च्युरा, शंखपिपल वजार, वडा ६ को सुनौली वजार, भलाखर्कको गैरी गाउँ, वडा १ को खहरेखोला, वडा ७ को राम चाउँना, ढोरपिपल वजार लगाएतका ठाउँहरु पहिरोको उच्च जोखिममा परेका छन् । 

 

उक्त वस्तीहरुमा तत्काल सडक निर्माण कार्य नरोके वस्तीहरु नै उठिवास हुनुे खतरा वढेको छ । साथै सडक निर्माणका लागि वस्ती माथि डोजरले भिरपाखा चलाउँदा अधिकांस वस्तीमा ल्याईएका खानेपानीका पाइपलाईन र खानेपानीका मुहानहरुमा पनि क्षति पुगेको छ । 

 

हचुवाका भरमा जताततै सडक खन्दा उठिवासको अवस्था सृजना भएको बन्गाड कुपिण्डे नगरपालीका वडा ५ का देववहादुर वाँठाले बताउनुभयो । प्राविधीकहरुले त्रुटिपूर्ण रुपमा सर्वे गर्दा पनि सडकले जोखिम निम्त्याएको त्यहाँका स्थानीयहरुको भनाई छ । 

 

वर्षात लागे संगै बन्गाड कुपिण्डे नगरपालीकाको लगानिमा निर्माण भएका बामे जाने सडक र वयलडाँडि हुदै मैदुपोखरी जाने सडक खण्डमा कहिले काहि सवारीका साधन सञ्चालन हुने गरेका छन् भने वाँकी डेड सय सडकहरु भने वर्षातकै कारण छेदविच्छेद वनिसकेका छन् । 

 

उक्त सडकहरुमा सवारी साधान त के पैदल हिड्न समेत ग्राहो भएको स्थानीयको दुखेसो छ ।