• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

काम नगर्ने जनप्रतिनिधिको सेवा सुबिधा कटौती गरिने

डिल्लीबहादुर खत्री चौरजहारी, भाद्र १४ ।

रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाले काम नगर्ने जनप्रतिनिधिहरुको सेवा सुबिधा कटौती गर्ने भएको छ । नगर कार्यपालिका बैठकले काम नगर्ने जनप्रतिनिधिका सम्पुर्ण सेवा सुविधा कटौति गर्ने निर्णय गरेको हो ।

 

बैठकले प्रत्येक वडालाई पाँच भागमा बिभाजन गरि जनप्रतिनिधिलाई कामको जिम्मा दिने र काम नगर्ने जनप्रतिनिधिको सेवा सुबिधा कटौति गरी बिकास निर्माणमा खर्च गर्ने निर्णय भएको बताईएको छ । 

भदौ मसान्त सम्म सबै वडालाई ५ भागमा बिभाजन गरेर जनप्रतिनिधिलाई कामको जिम्मा दिने नगर प्रमुख बिशाल शर्माले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार जनप्रतिनिधिलाई जनताको घरदैलोमा पठाई उनिहरुको समस्याको पहिचान गरि समाधानको पहल गर्न लगाइने र कुनै पनि जनप्रतिनिधिले जनताको काम गरेन् भने उक्त जनप्रतिनिधिले पाउँने सेवा सुविधा काटिने छ । 

 

यसबाट जनता र स्थानिय सरकार बिचको सम्बन्धमा सुधार आउँने नगरपालिकाको बिश्वास छ । प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा तोकेपछि कामको जिम्मेवारी पनि दिन लागिएको नगर प्रमुख शर्माको भनाई छ । ु

 

नगरपालिकाले यस्तो निर्णय गरेसंगै काम नगरी सरकारी सेवा सुविधा मात्रै लिने परिपाटीको अन्त्य हुने विश्वास लिईएको छ ।