• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

२६ किलो गाँजा सहित १ र लागुऔषध गाँजा सेवन तथा संचित शिर्षकमा ४ जना पक्राउ

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, १४ । 

 

जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले २६ किलो गाँजा सहित एक बृद्धलाई पक्राउ गरेको छ । गाँजा लुकाई राखेको गोप्य सूचनाका आधारमा खानतलास गर्दा जिल्लाको मुसीकोट नगरपालिका १३ घट्टेखोलाका ६९ वर्षिय कालीवहादुर केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

सुचना पछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक ऋषिकुमार ढुंगानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले केसीको घरको कोठामा लुकाई राखेको डाँठ, बोट र पात सहितको २६ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

 

केसीलाई २६ किलो गाँजा सहित मंगलबार साँझ पक्राउ गरिएको उहाँले बताउनुभयो । अबैध लागू औषध गाँजा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान चलिहरेको डिएसपी खड्काको भनाई छ । त्यस्तै प्रहरीले लागुऔषध गाँजा सेवन तथा संचित शिर्षकमा अन्य चार जनालाई पनि पक्राउ गरेको छ । 

 

जिल्लाको सानीभेरी गाउँपालिका ८ सिम्लीमा कोठा लिएर बस्ने सानीभेरी ७ सहरेका १८ वर्षिय तिलक रावत सहित दाङ तुलसिपुर उपमहानगरपालिका ५ का २१ वर्षिय रोशन गौतम, सोही ठाउँका १९ वर्षिय रविनराज लवत र दाङ लमही नगरपालिका ५ का २१ वर्षिय सुरज घर्तीमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

उनिहरु बसिरहेको सानीभेरी गाउँपालिका ८ सिम्लीको कोठाबाट नक्कली पेस्तोल एक थान, फलामको खुकुरी एक थान, कटारी एक थान, फलामको नक एक थान, फलामको सरिया एकथान, तयारी गाँजा धुलोमा ५० ग्राम, चाँदीको बाला एक थान, मास्क २ थान, पञ्जा २ वटा, सुल्पा एक थान, चुरोटका ठुटाहरु १० वटा, लाईटर तीन वटा र प्लाष्टिकको बोटल एक वटा बरामद गरिएको बताईएको छ । 

 

गाँजा सेवन गर्ने र सञ्चय गर्ने गरिरहेको गोप्य सूचनाका आधारमा रावतको कोठामा खानतलासि गर्दा उक्त सामाग्रीहरु भेटिएको र सोही कोठामा रहेका चार जनालाई पक्राउँ गर्नुका साथै उक्त सामाग्री बरामद गरिएको प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो । जिल्ला अदालतबाट म्याद थप भई उनिहरु माथि अनुसन्धान चलिरहेको उहाँको भनाई छ ।।