• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बिमस्टेकको चौथो शिखर सम्मेलन आजदेखि काठमाण्डुमा

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, १४ । 

 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आजदेखि राजधानी काठमाण्डुमा सुरु हुँदैछ । ‘शान्ति, समृद्ध र दिगोतर्फ बंगालको खाडी क्षेत्र’ नारासहित सुरु हुने सम्मेलन भोलि नयाँ एजेण्डामा जाने निर्णयसहित सकिनेछ । 

 

आज ४ बजे सम्मेलनको उद्घाटन हुनेछ । त्यसको अध्यक्षता नेपालले गर्नेछ । सम्मेलनमा रेल, सडक, हवाईमार्ग र ‘अप्टिकल फाइबर’का माध्यमबाट सम्पर्क विस्तार, ऊर्जा र प्रविधिको अधिक उपयोग गर्नुपर्नेमा छलफल हुनेछ । कृषि, गरिवी उन्मुलनका एजेण्डा पनि अघि सारिएका छन् । 

 

शिखर सम्मेलनको घोषणापत्र हिजो बसेको विदेश मन्त्रीस्तरीय बैठकले तय गरिसकेको छ । बिम्स्टेक क्षेत्रको सामाजिकआर्थिक रूपान्तरणमा सम्मेलनले जोड दिने बताइएको छ ।सम्मेलनले लगानी कोषसहितको काठमाण्डु घोषणापत्र जारी गर्नेछ ।।