• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

मूर्ति लिएर भाग्दै गरेका तस्कर प्रहरीको गोलीबाट घाइते

२६, मंशीर

जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति लिएर भाग्दै गरेको चोरको समूहमाथी बर्दिया प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । 

बर्दिया बाँसगढी–११ का ४७ वर्षका रामबहादुर सिंह र जाजरकोट सिमा–९ की ३७ वर्षकी राधिका सिंहले चन्दननाथ मन्दिरको बुद्धको मूर्ति लिएर भागिरहँदा प्रहरी पिछा गरेको हो । मैनापोखर बजार नजिक डेउडाकला जंगल हुँदै भाग्दै गर्दा प्रहरीले गोली चलाउँदा रामबहादुर सिंह घाइते भएको बर्दियाका प्रहरी प्रमुख एसपी भरत बहादुर बोहोराले बताउनुभयो । सिंहको घुँडामा गोली लागेको र उपचारका लागि नेपालगञ्ज लगिएको उहाँले बताउनुभयो । 

जुम्लाको चन्दननाथ मूर्ति चोरी भएको घटनामा अनुसन्धानमा खटिएको सुरक्षाकर्मीको टोलीले मूर्ति तस्करहरु डेउडाकला जंगलमा भाग्न थालेपछी गोली चलाएको हो ।

मूर्ति चोरी गरी त्यस क्षेत्रमा ल्याएको शंकाको आधारमा क्षेत्रीय अनुसन्धान टोली र सिआइबीको टोलीले जंगल सर्च गर्ने क्रममा मूर्ति तस्करले प्रहरीलाई लक्षित गरी आक्रमण सक्ने भन्दै तस्करहरु भाग्दै गर्दा आफूहरुले गोली चलाएको एसपी बोहोराले बताउनुभयो ।

तस्कर समूहका घाइते रामबहादुर सिंहसहित राधिका सिंहलाई बुद्धको मूर्तिसहित प्रहरीले नियन्त्रणमा लिएको छ । गोली चलेपछि त्यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ ।