• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

कृषि उत्पादन बढाउन लगानी अभाव

सानीभेरी समाचार डेस्क 

भाद्र, १३ ।

 

सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर हरेक बर्ष बजेट बढाउँदै गएपनि उत्पादन भने बढ्न सकेको छैन । पछिल्लो ११वर्षको अवधिमा झन्डै २६ प्रतिशतले बजेट वृद्धि भएपनि उत्पादन भने निराशाजनक नै देखिएको हो । 

 

कृषि मन्त्रालयका अनुसार विश्वव्यापी मान्यता अनुसार कुल बजेटको ५ प्रतिशत कृषिमा लगानी गर्नु पर्ने हो तर नेपालको परिवेशमा भने साढे दुई देखि ३ प्रतिशत बजेट मात्रै छुट्याउने गरिन्छ । 

 

मन्त्रालयका प्रवक्ता टेक बहादुर सुवेदीले सीआईएनसँग कुराकानी गर्दै कृषि क्षेत्रमा लगानी नै कम भएका कारण उत्पादन पनि कम भएको बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउनका लागि लगानी अपुग भएकोले बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 

 

प्रवक्ता सुवेदीले कृषि सम्बन्धी विभिन्न परियोजना सञ्चालन भएपनि निश्चित स्थानका लागि मात्रै बजेट हुनेहुँदा अन्य क्षेत्रका किसानले लाभ लिन नसक्दा पनि उत्पादन बढाउन समस्या भएको बताउनुभयो ।।