• अहिले तरंगमाशुभ सपनी
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

राष्ट्रियसभाका चारवटा विषयगत समितिको बैठक आज बस्दै

सानीभेरी समाचार डेस्क 

भाद्र, १३ ।

 

राष्ट्रियसभाका चारवटा विषयगत समितिको बैठक आज बस्दैछ । आजको बैठकले सभापति चयनका विषयमा कार्यविधी तय गर्नेछ । सभापति भागबण्डामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसबीच हिजो सहमति भएको थियो । 

 

सहमति अनुसार नेकपाले तीनवटा र कांग्रेसले एउटा समितिको सभापति लिने छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हिजो भएको छलफलपछि नेकपाले एउटा समितिको नेतृत्व कांग्रेसलाई छाडेको हो । 

 

नेकपाले हिजो नै सभापतिका लागि उम्मेदवारी दिइसकेको छ भने कांग्रेसले आज दिनेछ । नेकपाले पाएको तीनवटा समितिका लागि एक–एक जनाको उम्मेदवारी परेको छ । 

 

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार एक÷एकजनाको मात्रै उम्मेदवारी परेकाले नियमावली अनुसार तीनवटा समितिको वैठकले आवश्यक प्रक्रिया पुर्याएर सभापति निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् । समितिको बैठक बिहान ११ बजेपछि बस्नेछ ।।