• अहिले तरंगमाआधुनिक गितहरु
  • केहि छिनमारेडियो प्रशारण सेवा समापन

ताजा अपडेट :

समाचार

बिमस्टेक सम्मेलनका लागि विदेशमन्त्रीहरुको बैठक बस्दै

सानीभेरी समाचार डेस्क 

भाद्र, १३ ।

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि परराष्ट्र मन्त्रीहरुको बैठक आज बस्दैछ । आजको बैठकले हिजो सचिवस्तरीय बैठकले गरेको सहमतिलाई अनुमोदन गर्नेछ । 

 

भोलिदेखि सुरु हुने सम्मेलनका लागि एजेण्डा पनि तय गर्नेछ ।भोलि र पर्सी काठमाडौंमा हुनेसम्मेलनको लागि विदेशी पाहुनाहरु आउने क्रम तीव्र भएको छ । म्यानमारका राष्ट्रपति विन मिन्टसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका विदेशसचिवहरु हिजो नै काठमाडौं आइसकेका छन् । 

 

केही देशका परराष्ट्रमन्त्रीहरु पनि काठमाडौं आएका छन् । आज  भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक नेपाल आउँदै हुनुहुन्छ । आज नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना पनि नेपाल आउँदै हुनुहुन्छ । 

 

बिमस्टेकको सम्मेलन हुने दिन भोलि भारत, बंगलादेश र थाइल्याण्डका सरकार प्रमुख नेपाल आउनुहुनेछ । सम्मेलनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सम्मेलनको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आजदेखि उत्पयकामा जोड विजोड गाडी मात्रै चल्ने व्यवस्था मिलाइएको छ । 

 

आज बिजोड र भोली जोड गाडी मात्रै चल्न पाउने प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पाहुना बस्ने होटल, सम्मेलन स्थल देखि उहाँहरु जाने स्थान सम्मको सडक पुरै सजाइएको छ ।।